प्रजितको स्वर, शब्द र संगीतमा ‘आहै चचहुई’ सार्वजनिक ( भिडियो )
नजिकिदै गरेको महान चाड बिजया दशमी र तिहारलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक प्रजित श्रेष्ठले आफ्नो नयाँ गीत 'आहै चचहुई' को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
दशैँ र तिहारको महत्व र रमाइलोलाई समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।
अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोम...













