राजेश , भीमा र उमेशको सहकार्यमा ‘ओठमा लाली’ सार्वजनिक (भिडियो )
नव गायिका भीमा राई र चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा दिपेश राई , भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ। मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा ( नियोन ) ले छायांकन तथा सम्पादन गरेका हुन्...














