राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माणमा ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो )

राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माणमा  ‘पिरतीको झोली’ सार्वजनिक  (भिडियो )
युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत 'पिरतीको झोली' सार्वजनिक गरेकी छिन । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा...

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीले ल्याए ‘खाडीको लाहुरे’ हेर्नुस् (भिडियो सहित)

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीले ल्याए ‘खाडीको लाहुरे’ हेर्नुस् (भिडियो सहित)
काठमाडौं - पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ । भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् । सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो सं...

हेमन्त कान्छाको ‘आमा तिम्रो तस्विर दैलामा’ को सर्वत्र चर्चा

हेमन्त कान्छाको   ‘आमा तिम्रो तस्विर दैलामा’  को सर्वत्र चर्चा
काठमाडौं। गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘आमा तिम्रो तस्विर दैलामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दशैँको अवसर पारेर बजारमा ल्याइएको सार्वजनिक गीतको भिडियोले जन्मदिने आमाको महिमाको वर्णन गरेको छ । जसमा शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ। गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रम...

विश्व र प्रीतीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )

विश्व र प्रीतीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )
काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा 'बिन्दास' गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । 'बिन्दास' गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो। उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन ...

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक
काठमाडौं, असोज २७ गते । ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ । वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र...

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको छ । चक्र बरालको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन अम...

पद्मा लिंखा मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक

पद्मा लिंखा  मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक
काठमाण्डौं । गीतकार तथा समाजसेवी  पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सागर आलेले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा कमल सौरागको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा राजेश पुमा राईको निर्देशन भिडियोमा रहेको छ । ’ आँखा...

विश्व नेपालीको स्वरमा गीतकार नूतनको ‘कैदी बनाउ मलाई’ सार्वजनिक (भिडियो )

विश्व नेपालीको स्वरमा गीतकार नूतनको  ‘कैदी बनाउ मलाई’ सार्वजनिक (भिडियो )
काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले 'कैदी बनाउ मलाई' गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम 'नूतन'मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो । 'कैदी बनाउ' 'गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगी...

नेपाल सांस्कृतिक महासंघको दमक नगर अधिवेशन सम्पन्न

नेपाल सांस्कृतिक महासंघको दमक नगर अधिवेशन सम्पन्न
झापा,असोज २१ । नेपाल सांस्कृतिक महासंघ झापाले जिल्लाभरका स्थानीय नगरपालिकामा सुरु गरेको नगर अधिवेशन अन्तर्गत दमक नगर अधिवेशन शनिबार एक समारोहका बीच सम्पन्न गरेको छ। अध्यक्षमा टंक ढकाल उपाध्यक्ष द्वय आविस्कार भट्टराई, अस्मिता अधिकारी चापागाईं सचिव द्वय पशुपति अधिकारी , रेनुका ओली सहसचिव द्वय अम्विका ओझा ,जेनिसा पराजुली काेषाध्यक्ष तारा ढकाल लगायत जम्मा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत गरेकाे छ। ने...

लोक पप गीतका बादशाह गायक सिताराम पोखरेल

लोक पप गीतका बादशाह  गायक सिताराम पोखरेल
गायक सिताराम पोखरेलको जन्म खोटाङ जिल्लाको सिमपानीमा भएको हो । खोटाङमा जन्मेपनि उहाँले हुर्केको र पढ़ेको विराटनगर तिनिपैनीमा हो । त्यसपछि उहाँको कर्मथलो काठमाडौं बन्यो । नेपाल आयल निगमका पूर्वनिर्देशक समेत रहनुभएका उहाँले नेपाल आयल निगममा ३० वर्षभन्दा बढी समय कार्यरत रही देश र जनताको सेवा गर्नुभयो । हाल उहाँ बत्तीसपुतली, काठमाडौंमा बस्नुहुन्छ । सानैदेखि गीत संगीतको क्षेत्रमा रुचि राख्ने उहाँको औ...