महिला हिंसाको बिषयमा चलचित्र ‘तिमी नारी’
काठमाडौं । लघु चलचित्र ‘तिमी नारी’ निर्माण भएको छ । राजु अधिकारीको निर्देशन रहेको चलचित्रमा महिला हिंसा धोका, शोषण, दमन र बिद्रोहको कथा उठाइएको छ । एक दशकअघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा ‘द निर्मला’ निर्माण गरि चर्चा कमाएका अधिकारीले त्यसपछि ‘दिलमा सजाय तिमीलाई’, ‘लेकसाइड’, ‘सुब्बा साहेब’, ‘उल्झन’, ‘मेरो आफ्नो’, ‘माया बस्छ की के हो’ लगायतका ठुलो पर्दाको चलचित्र निर्देशन गरेका छन् ।
...














