आजको राशिफल / वि.सं. २०७७ श्रावण ०८ गते (जुलाई २३ तारिख) बिहीबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण ०८ गते (जुलाई २३ तारिख) बिहीबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन
वि.सं. २०७७ श्रावण ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० जुलाई २३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (गुँलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, श...

हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड

हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड
काठमाडौं– समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ बाट सम्मानित भएका छन् । उनीहरुलाई महिला, बालबालिका तथा नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले मंगलबार एक समारोहका बीच सम्मानित गरेका हुन् । मानन्धर नेप्लिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष हुन् । मन्त्री गुरुङले दुबैलाई खादा लगाएर सम्मानपत्र हस्ता...

दमन रुपाखेतीले हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशन गर्ने ।

दमन रुपाखेतीले हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशन गर्ने  ।
काठमान्डाँै । हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशनको जिम्मा हास्य कलाकार दमन रुपाखेतीले गर्ने भएका छन । हास्य विधामा अब्बल रहेका उनले आगामी भाग देखी निर्देशन तथा नयाँ भुमीकामा आउन लागेको बताइएको छ । समाजको विभिन्न विकृति एवम विसंगतीका विषयमा आधारित घटनाक्रमलाई सो टेलिश्रृङखलामा समावेश गरिएको छ । मेरी बास्सै लगायतका दर्जनौ हास्य टेलिश्रृङख्ला तथा अन्य टेलिचलचित्रमा उनको अभिनय विगत...

‘प्रसाद २’ बन्ने, निर्देशक फेरिए

‘प्रसाद २’ बन्ने, निर्देशक फेरिए
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले सफल फिल्म ‘प्रसाद’ को सिक्वेल निर्माण हुने भएको छ । दशैंपछि छायांकन सुरु गर्ने गरी अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको निर्माता सुभाष थापाले जानकारी दिएका छन् । फिल्मको स्क्रिप्ट ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । उनी यतिबेला स्क्रिप्टलाई मूर्तरुप दिन व्यस्त छन् । ‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । यो फि...

‘खलनायक २’ मा विराजको सम्भावना कति ?

‘खलनायक २’ मा विराजको सम्भावना कति ?
केही वर्षयता हिट फिल्मको सिक्वेलले बक्सअफिसमा धूम मच्चाइरहेको अवस्था छ । ‘ए मेरो हजुर’, ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज यसका उदाहरण हुन् । सिक्वेलप्रति दर्शकले विश्वास गर्न थालेका कारण निर्माताहरु नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन छाडेका छन् । सिक्वेल फिल्म निर्माणको लहडमा अभिनेता, निर्देशक तथा निर्माता रोज राणा पनि मिसिएका छन् । उनी दशक अगाडिको सुपरहिट फिल्म ‘खलनायक’ को दोस्रो श्रृंखल...

गायिका इन्दिरा भट्टराईको स्वर रहेको तीजको गीत ‘नाचौं नाचौं’ बजारमा (भिडियो)

गायिका इन्दिरा भट्टराईको स्वर रहेको तीजको गीत ‘नाचौं नाचौं’ बजारमा (भिडियो)
काठमाडौं। नेपाली महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजका गीत तथा भिडियो सार्वजनिक हुन थालेका छन्। यसै मेसोमा गायिका इन्दिरा भट्टराईको स्वर रहेको नयाँ तीजको गीत र भिडियो सार्वजनिक भएको छ। ‘नाचौं नाचौं’ बोलको गीतलाई सुमनकुमार श्रेष्ठले निर्देशक तथा कोरियोग्राफर गरेका छन्। गीतमा स्वर, शब्द तथा संगीत इन्दिरा भट्टराईको रहेको छ। हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दि...

‘कालो पोथी’का निर्देशक मिन बहादुर भामले टर्कीमा जिते एक करोडको अवार्ड !

‘कालो पोथी’का निर्देशक मिन बहादुर भामले टर्कीमा जिते एक करोडको अवार्ड !
काठमाडौं। चर्चित फिचर फिल्म ‘कालो पोथी’का निर्देशक मिन बहादुर भामको नयाँ प्रोजेक्टले टर्कीमा ७५ हजार युरो (१ करोड ३ लाख नेपाली रुपैयाँ) बराबरको अवार्ड जितेको छ । शनिबार इस्तानबुलमा भएको टर्कीको चर्चित टिआरटी १२ पुन्टो अवार्ड समारोहमा भामको नयाँ फिल्म प्रोजेक्ट ‘चिसो वर्ष’ले ज्वाइन्ट प्रोडक्सन अवार्ड जितेको हो । यो फिल्म यसै वर्षको अप्रिल–मे महिनामा सुटिङ गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ...

विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन

विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन
गायिका सोफिया थापाले ल्याएको नो व्रत प्लीज बोलको गीतलाई लिएर विवाद झांगिँदै गएको छ । लोक संगीतमा लामो समयदेखि क्रियाशील कलाकारहरुले समेत उनको गीतको आलोचना गर्न थालेका छन् । चर्चित लोकगायक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानाका अध्यक्ष बद्री पंगेनी कुनै पनि गीत–संगीतले देशको धर्म–संस्कृतिलाई चोट पुर्याउनु नहुने बताउँछन् । सोफियाको गीतमा केही राम्रा विषय उठाइएको भए पनि तिजमा व्रत नबस्न गरिएको...

तिज गीतलाई लिएर धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी

तिज गीतलाई लिएर धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी
गायिका सोफिया थापाले आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । उनले सोमबार सार्वजनिक गरेको ‘तिज गीत’ विवादमा परेको थियो . विभिन्न व्यक्तिहरुबाट आफूलाई फोन र म्यासेजमा धम्की आइरहेको थापाले अनलाइनखबरलाई बताइन् । गीत नहटाएमा भौतिक आक्रमण गर्ने चेतावनीसमेत आएपछि आफूले बुटबल र काठमाडौं प्रहरीमा लिखित उजुरी दिएको उनले जानकारी दिइन् । ‘हिजो गीत अपलोड भएदेखि नै लगातार चेतावनी र धम्...

पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’

पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’
सरकारले मंगलबार राती १२ बजेबाट लक डाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्र भने खुलेका छैनन् । चलचित्र क्षेत्रको बिषयमा अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् । चलचित्र क्षेत्रमा विभिन्न मानिसहरुले पनि यो बिषयमा प्रश्न सोझाउन थालेका छन् । नायिका पूजा शर्माले ...