नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत श्री राम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । उद्योग ब्यबस्थापनले उद्योग बन्द गर्नु भन्दा बाहेक अरु कुनै विकल्प नभएको भन्दै साउन ११ गतेदेखि स्थायी रुपमा उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

उद्योग ब्यबस्थापनले जति सुकै प्रयास गरेपनि उद्योग पुन: संचालन हुन नसक्ने अवस्था आएको बताउदै उद्योग बन्द गर्ने निर्णय गरेको हो । उद्योगले नेप्से, धितोपत्र बोर्ड लगायत दर्जन बढी निकायलाई उद्योग बन्द भएको जानकारी दिएको छ ।

उद्योग ब्यबस्थापनले आफु निरन्तर घाटामा गएको, आर्थिक अवस्था जर्जर भएको, र पुँजी अभावको कारण देखाउदै उद्योग बन्द गर्ने निर्णय गरेको हो । उद्योगले आर्थिक वर्ष ७५/७६ सम्ममा आफ्नो कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ रहेको जनाएको छ । उद्योगले श्रमिक र कर्मचारीलाई पारिश्रमिक पनि दिन नसकिएको जनाएको छ ।

उद्योगले अब आफ्नो चल अचल सम्पति बिक्रि गरेर दिनु पर्ने बाँकि भुक्तानी क्रमश: गरिने प्रतिबद्दता जनाएको छ ।

तपाईको प्रतिक्रिया