एक जनाले ५ जनालाई कसरी मार्न सकेको हो ? कस्तो थियो अभियुक्तको आनीबानी वडा अधयक्षसंग प्रत्यक्ष कुराकानी
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्।
मारिएका माधव(४० वर्ष) र जानकी(३७) श्रीमान-श्रीमती हुन् भने पोसराज(१४ वर्ष) अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले म...














