कलाकारहरु भन्छन्ः सहयोग वाध्यात्मक होइन, स्वेच्छिक कुरा हो
कोरोनाबाट सुरक्षित रहनको लागि नेपाल पूर्ण रुपमा लकडाउन छ । विगत १ महिनादेखिको लकडाउनले गर्दा दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु समस्यामा परेका छन् । चलचित्रमा काम गरेर पेट पाल्नेहरुको पनि यही अवस्था छ ।
कतिपय चलचित्रकर्मीहरुले चलचित्र प्राविधिक तथा समस्यामा परेका मजदुरहरुलाई सहयोग पनि गरिरहेका छन् । कतिपय कलाकार भने यस मामिलामा मौन छन् । सहयोग नगर्ने कलाकारहरुलाई दर्शक तथा शुभचिन्तकहरुले प्र...












