‘मिस ब्युटी क्वीन’ बनिन् शाही
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् ।
‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् ।
यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल बन्न सफल भएका छन् । उनीहरु दुवै जनाले बाली भ्रमणको टिकट सहति विभिन्न उप...












