‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा
काठमाडौं– चलचित्र निर्माता तथा वितरक गोविन्द शाही धरौटीमा रिहा भएका छन् । चलचित्र ‘लिलिबिली’ को आम्दानी हिनामिना गरेको आरोपमा पक्राउ परेका शाही जिल्ला अदालत काठमाडौंमा साढे बाह्र लाख धरौटी बुझाएर छुटेका हुन् ।
महानगरीय प्रहरी वृत्त कालीमाटीले शाही धरौटीमा रिहा भएको जनाएको छ ।
शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा भक्तपुरको राधे राधेबाट बिहीबार पक्राउ गरेक...







