राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय नाम बिष्णु माझि, उनि द्वारा स्वर बद्ध गीतहरु अत्यधिक मात्रामा श्रोता तथा दर्शकहरुको मन जित्ने गर्दछ । त्यसैले पनि आफ्ना गीतहरु श्रिंगार धेरै कलाकारहरुले बिष्णु माझीलाई नै रोज्ने गर्दछन् । सोहि क्रममा यतिबेला शोभा थापा र निरज थापाले पनि गायिका बिष्णु माझीलाई नै छनोट गरि एक गीत तयार पारेका छन् । उक्त गीत “निरमाया” बोलको रहेको छ ।
परिवर्तन डिजिटल म्युजिक प्रालि मार्फत बजारमा आएको उक्त गीतमा बिष्णु संगै भूमिराज थापाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । पछिल्लो समय केहि रोमान्चक गीतहरुमा नै श्रोता तथा दर्शकहरुको मन जाने गर्दछ । यसैलाई ध्यानमा राख्दै तयार पारिएको “निरमाया” बोलको गीतलाई लय शब्द हेमन्त शिशिरले भरेका हुन् ।
गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र शोभा थापाको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन रामेश्वर कार्की र सम्पादन मनोज कार्कीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































