माघ ४ बाट रिलिज हुने चलचित्र गरुड पुराणले पायो पिजी सर्टिफिकेट
काठमाडौं । ४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेरसाँझ सेन्सर गरेको हो । समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ । यो चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार यो फिल्...














