राजु बोहरा–काठमाडौँ । बहुप्रतिभाका खानि लोकप्रिय सर्जक रमेश परियारको शब्द सृजनामा फेरी अर्को मन छुने लोक दोहोरी गीत बजारमा आएको छ । उनले यस अगी पनि थुप्रै गीत संगीत मार्फत आफ्नो सिर्जना पस्किसकेका छन् । पछिल्लो पटक बजारमा आएको रमेश परियारको शब्द सृजनामा “बर पिपल” बोलको लोक दोहोरी गीत रहेको छ अजम्बरी मेरा प्रेमका भावाले बुनिएको यस गीतलाई लय भने ऋषि खड्काले भरेका छन् । बन्धक भएकी भन्ने बिष्णु माझीको चौतर्फी हल्ला भैरहंदा र उनको खबर मिडियामा सर्बत्र चर्चामा रहेको बेला बिष्णु द्वारा स्वर बद्ध गीत यो पहिलो हो ।उनको साथमा अशाेक सुनारको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ ।

मन छुने भाव लहरीमा आधारीत यस गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनाइएको छ । गितमा लोकप्रिय मोडल आशिर प्रताप जंग र सारिका के.सीको अभिनय रहेको छ । आशिर पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेका छन । भिडियोलाई निर्देशन स्मृति तिमिल्सीना (गुरुआमा) ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रविन भट्टले गरेका छन् । गीत अशोक सुनारको प्रस्तुतिमा बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया