सञ्चारकर्मी सविता र गायिका काव्यको वास्तविक तीज भाकाको गीतको छायांकन सम्पन्न
तीज पर्वको संस्कार हेर्ने हो भने गीत महिलाले मात्र गाउने र नाच्ने पर्व हो । पहिले पहिले पुरुषले गाउन र नाच्न हुँदैन भनिन्थ्यो आजकल तीजको गीत दोहोरीमा रुपान्तरीत हुँदै गएको आभास हुन्छ । यस्तो स्थितिमा गत शनिबार काठमाडौंको धर्मस्थली र सोह्रखुट्टे स्थित सम्राट पार्टी प्यालेसमा ‘आफ्नै भयो पराईको घर पनि’ बोलको वास्तविक तीज भाकाको गीत दिनभरी गुञ्जयमान भयो । सञ्चारकर्मी सविता पोखरेलको शब्द र काव्य आचार्...














