काठमाडौँ : नेपालि सांगीतिक क्षेत्रका एक नक्षत्र सदाबहार चर्चित बरिष्ट गायक आनन्द कार्कीज्युको धर्मपत्नी ईश्वरी कार्कीज्यु बिगत केहि समय देखि दुई वटानै मिर्गौलाले काम गर्न नसकेर मिर्गौला पिडित भई उपचार गर्ने क्रममा किड्नी डाइलसिस पद्दतिमा हुनु हुनुहुन्छ l २० औ बर्ष देखि सांगीतिक क्षेत्रमा अहोरात्र लागि परेर नेपालि सांगीतिक क्षेत्रलाइ यहा सम्म पुर्याउन तथा सम्पूर्ण संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक आनन्द कार्किज्युलाई यो ठाउ सम्म ल्याउन उहाको धर्मपत्नीको साथ सहयोग हामीले कहिले बिर्सन सक्दैनौ l

इण्डिया लगायत अहिले नेपालमा उपचार्थ गायक आनन्द कार्कीज्युको धर्मपत्नी ईश्वरी कार्कीज्युको उपचार गर्ने क्रममा धेरै आर्थिक भार पर्न गएको हुदा, उहाहरुलाई अहिले आर्थिक कठिनाइ समेत भोग्नु परेको छ l दुवै मृगौला खराब भएको हुदा उहालाई अहिले मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ त्यसकोलागी अझ धेरै आर्थिक भार पर्न गएको हुदा तसर्थ देश बिदेशमा रहनु भएका सांगीतिक क्षेत्रका महानुभाब, संगीत प्रेमी, कलाकर्मी, समाजसेबी तथा सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदीबहिनीहरुमा हामीले सकेको आर्थिक सहयोग संकलन गरि सबैको मन मुटु मस्तिष्कमा बस्न सफल चर्चित गायक आनन्द कार्की तथा उहाको धर्मपत्नी ईश्वरी कार्कीज्युको उपचारमा सहयोग गर्न हार्दिक अपिल गर्दछौ l उहा मधुमेय रोगको समेत पिडित हुनुहुन्छ l

मानब धर्मलाई आत्मासाथ गर्दै सम्पूर्ण मनकारी मन, समाजसेवीहरुमा सहयोगको अपेक्षा सहित आफुले सकेको सहयोग गरि हामीले हाम्रो तर्फ बाट सहयोग पुर्याउन सके बरिष्ट गायक आनन्द कार्कीज्यु तथा उहाको धर्मपत्नी ईश्वरी कार्कीज्यु लाइ केहि राहत महसुस हुने देखिएको हुदा उहाको जिबनरक्षाको लागि पहल गर्दै सम्पूर्ण सहयोगीमनहरु समक्ष हार्दिक अपिल गर्दछौ l

सहयोगका लागि नेपाल ईन्भेस्टमेन्ट बैँक दरबारमार्गको खाता नं: ००१०५०१००५४९६७

Nepal Invesmet Bank Durbar Marg : 00105010054967

Ananda karki (आनन्द कार्की)

थप जानकारीको लागि : गायक आनन्द कार्की सम्पर्क न : +९७७-९८५१०-४६२३३, +९७७-९८४३९३५६७७,

अभियन्ता सुर्य चन्द: ९८५१०४३९३२

जीवन -आफ्नो लागी मात्र त पशुले पनि बाचेको हुन्छ यहाँ संसारमा, एक चोटि अरुको लागि पनि बाचेर हेर त ? जीवन कति सुन्दर छ अनि अरुको लागि बाचेर पाउने खुसिनै आनन्द हो, सत्य हो, अनि धर्म पनि हो l

हामी सँधै केहि गर्न सकेनौ भन्छौ -जीवनमा, राम्रो काम गर्न सकेनौ भन्छौ। तर कमसेकम राम्रो काम गर्नेलाइ साथ त दिन सक्छौ नि ? त्यसो भए तपाइहरु पनि आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौ l अनि जिबनमा पुण्य कमाऊ राम्रो काम गर्ने लाई साथ दिउ, हातमा हात मिलाई अगाडी बढौ l

न यहा राम छन्, न यहाँ बुद्ध आउछन् न त कृष्ण र जिससनै, यहा केवल असल मान्छे जन्मिन्छन् देवको प्रतिनिधित्व गरेर जो तपाई पनि हुन सक्नु हुनेछ तपाईको आत्मा भित्रनि देबत्तो बसेको हुन सक्छ l तसर्थ हामी सम्पूर्ण नेपालि मिलेर उहाहरुलाई सहयोग गरौ l

तपाईको प्रतिक्रिया