विराटनगर महानगरद्वारा लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।
विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प...













