ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान
रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।
सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरा...














