‘सिनेमामा कोशी प्रदेश २०८२’ सम्पन्न : पर्यटन प्रवर्द्धनमा सिनेमा र कलाकारको भूमिकामाथि गहन बहस
चलचित्रपत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा “सिनेमामा कोशी प्रदेश २०८२” अन्तर्गत कोशी पर्यटन प्रवर्द्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। त्यस्तै कार्यक्रममा सिनेमा, कलाकार र पर्यटनबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भयो। कार्यक्रमका क्रममा कोशी प्रदेशमै सक्रिय कलाकारहरूलाई औपचारिक परिचयपत्र वितरण गरियो भने चलचित्र क्षेत...














