सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, कस्तो छ सम्भावित कार्यसूची ?
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको छ ।
यस अधिवेशनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण अर्थात बजेट जेठ १५ मा संसद्मा पेस हुने छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा जेठ १ गते राष्...














