लागूऔषध नियन्त्रण र रोकथाममा महानगर गम्भीर छ ः उपमेयर कार्की
विराटनगर ÷ विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।
रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी र महानगरको न्यायिक समितिसितको छलफलमा उपमेयर कार्कीले लागूऔषध प्रयोग गर्न नदिन युवाहरुलाई सचेतनामूलक कार्यक्रमदेखि रोजगारीसँग जोड्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । लागूऔषध प्रयोग गर्ने व्यक...














