पूर्वराजा शाह भक्तजनहरूसँगै लाइनमा, पहिचान खुलेपछि सर्वसाधारणको स्वागत
वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार बिहान गहवामाई मन्दिरमा आएर पूजाअर्चना गरेका छन् । पुसको अन्तिम सातादेखि सिमरामा बसेका पूर्वराजा शाह पूर्वतयारी विना गहवामाई मन्दिरमा आएर सर्वसाधारण सरह दर्शन गरी पूजाअर्चना गरेका थिए ।
उनी आफ्नो निजी कारमा आएका र मुख्य सडकमा गाडी पार्किङ गरी मन्दिर दर्शन गर्न गएका थिए । पूर्वराजा शाह सर्वसाधारण सरह भक्तजनहरूसँग लाइन लागेर पूजा गरेका र टीका लगाएर फर्कन...













