भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको प्राण–प्रतिष्ठान समारोह जारी छ । मध्यान्ह १२ बजेर २० मीनेटको साइतमा प्राण–प्रतिष्ठाको अन्तिम प्रक्रिया शुरु भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त समारोहमा प्रमुख अतिथि छन् । समारोहका झण्डै आठ हजार पाहुना मन्दिर परिसरमा पुगेका छन् । त्यसमध्ये पाँच सयभन्दा बढी वरिष्ठ राजनीतिज्ञ, उद्योगपति, प्रख्यात फिल्म कलाकार, खेलाडी, कूटनीतिज्ञ, न्यायाधीश र धार्मिक व्यक्तित्वहरु रहेको जानकारी दिइएको छ ।
भारतमा आज सरकारी कर्मचारीलाई आधा दिन बिदा दिइएको छ । धेरै वटा राज्यले सार्वजनिक बिदा घोषणा गरेका छन् ।
बुधबारदेखि सुरु भएको हवन तथा पूजन आजसम्म जारी छ । गत बुधबार राति क्रेनको सहायताले रामको मूर्तिलाई गर्भगृहमा राखिएको हो ।










