उमेश कार्की यु.के को निर्देशनमा राजकुमार खनाल र गीता बुढाथोकिको अभिनय “मेरो लास” बजारमा

उमेश कार्की यु.के को निर्देशनमा राजकुमार खनाल र गीता बुढाथोकिको अभिनय “मेरो लास” बजारमा
काठमाण्डौ मंगसिर २८ - बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई आफ्नो छातीमा राखेर सांगीतिक क्षेत्रमा अगाडी बढिरहेका लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र "मेरो लास" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस अगी पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । गायक तथा सर्जक बद्रि प्रत्यक्ष दोहोरीमा पनि रमाउने गर्दछन् । उनको यस पटक बजारमा आएको गीतमा आफुले मायाँ गरेको मान्छे...

हायत होटलमा श्रृंखला खतिवडाको ‘मेहेन्दी समारोह’

हायत होटलमा श्रृंखला खतिवडाको ‘मेहेन्दी समारोह’
काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडाको मंगलबार (आज) ‘मेहेन्दी समारोह’ चलाएकी छन्। बिहीवार विवाहको तयारीमा रहेकी श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’ चलेको हो । जहाँ उनको समारोहमा पूर्वमिस नेपालहरु समेत पुगेका छन्। काठमाडौंको हायात होटलमा श्रृंखलाको सेरेमोनी चलिरहेको छ । त्यहाँबाट सार्वजनिक तस्विरमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएकी छन्। मरुन रङको लेहंगामा श्रृंखलाले फोटो सुट गराएकी छन्।...

वि.सं.२०८० साल मंसिर २८गते विहीबार को राशिफल हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस्

वि.सं.२०८० साल मंसिर २८गते विहीबार को राशिफल हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस्
मेष–सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वृष– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ ...

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट : आज बंगलादेश र श्रीलंका तथा यूएई र जापान खेल्दै

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट : आज बंगलादेश र श्रीलंका तथा यूएई र जापान खेल्दै
काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज बंगलादेश र श्रीलंका तथा युएई र जापान खेल्दै छन् । खेल सदा झैँ दुबईमा बिहान सवा ११ बजे हुनेछ । हिजोको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो । लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

जनकपुरमा ३ दिनसम्म जाँड–रक्सी, माछामासु बिक्री गर्न रोक

जनकपुरमा ३ दिनसम्म जाँड–रक्सी, माछामासु बिक्री गर्न रोक
धनुषा – जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न राेक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज मङ्गलवार सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जाँड–रक्सी र माछामासुको बिक्री गर्न रोक लगाएको हो । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सु...

तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव

तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव
पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर ३० किलो सुन समातिएको हो । यसभन्दा अघि पनि ३३ किलो तथा ६० किलो अवैध सुन विमानस्थलबाट बरामद भइसकेको छ । यसरी बारम्बार ठूलो परिमाणमा अवैधरुपमा सुन बरामद भैरहँदा वैध बाटोबाट ल्याउन भने सधैँ समस्या हुने गरेको छ । नेपालमा वैधरुपमा सुन ल्याउने...

‘टप राजधानी रोधी क्लब’को वार्षिक उत्बसमा सञ्चारकर्मी तथा कलाकार सम्मानित

‘टप राजधानी रोधी क्लब’को वार्षिक उत्बसमा सञ्चारकर्मी तथा कलाकार सम्मानित
काठमाडौं । एक वर्ष अघि ठमेलमार्ग ठमेलमा स्थापना गरिएको ‘टप राजधानी रोधी क्लब’ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिक उत्सब मनाईरहेको छ । यो क्लबले सोमबारबाट बुधबारसम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सब मनाई रहेको हो । यसै क्रममा रामेछापाका प्रतिनिधि सभा साँसद पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठलगायतले प्रथम वार्षिक उत्सबको सो...

मङ्सिर २७ गते बुधबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस्

मङ्सिर २७ गते बुधबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस्
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी ...

एमालेले देश र नागरिककाे हितकाे पक्षमा सङ्कल्प यात्रा शुरु गरेकाे हाे : ओली

एमालेले देश र नागरिककाे हितकाे पक्षमा सङ्कल्प यात्रा शुरु गरेकाे हाे : ओली
काठमाण्डाै – नेकपा एमालेका केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र नागरिककाे हितको पक्षमा समृद्धिका लागि सङ्कल्प यात्रा अघि बढाएको बताउनुभएको छ । देश र नागरिककाे हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सङ्कल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने उहाँकाे भनाइ थियाे । आज मङ्गलवार ओलखढुङ्गाको हर्कपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देश र नागरिककाे हितमा एमालेले राष्ट्रव्यापी अभियान ...

नेपाल भारतसँग १० विकेटले पराजित

नेपाल भारतसँग १० विकेटले पराजित
काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका आर्शिन कुलकर्णीले ४३ र आदर्श सिंहले १३ रन बनाए । यसअघि दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भ...