काठमाण्डौ मंगसिर २८ – बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई आफ्नो छातीमा राखेर सांगीतिक क्षेत्रमा अगाडी बढिरहेका लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र “मेरो लास” बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस अगी पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । गायक तथा सर्जक बद्रि प्रत्यक्ष दोहोरीमा पनि रमाउने गर्दछन् । उनको यस पटक बजारमा आएको गीतमा आफुले मायाँ गरेको मान्छेलाई अर्कैको सिन्दुरमा देख्दाको वियोगान्त कथा समाबेश गरिएको छ ।

स्थायी घर नुवाकोट भएका बद्रि प्रसाद सिटौलाको लय तथा शब्द सृजनाले सजिएको गीतमा बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । निकै कर्णप्रिय स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा राजकुमार खनाल र गीता बुढाथोकीको आकर्षक अभिनय देख्न सकिन्छ । उमेश कार्की यु के द्वारा निर्देशित भिडियोलाई छायांकन मरुभुमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई बद्रि लोक माला युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया