पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
नेपाल पत्रकार महासंघले रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको रा...












