हिजो शुक्रवार जिटिटिपी नेपाल तथा टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटको नेशनल कन्फ्रेन्स सम्पन्न भएको छ । कार्यक्रममा टुरिजम रिसर्चले अन्र्तराष्ट्रिय टुरिजम स्पेसलिष्ट लिजा चोग्याललाई विशेष सल्लाहाकारमा चयन गरेको थियो भने पर्यटन अभियन्ता सचिन न्यौपाने तथा सिर्जना ओलिलाई टुरिजम युथ एम्बेस्टर घोषणा गरेको थियो । त्यस्तै कार्यक्रममा अर्पना भण्डारी र रोसा फुयाललाई टुरिजम स्टुडेन्ट एम्बेस्टर घोषणा गरिएको थियो । अर्पना भण्डारी गत वर्षकी कन्फरेन्सकी विजेता हुन् भने रोसा फूयाल गायिका हुन् । त्यस्तै कार्यक्रममा मधेस प्रदेशको कला, सँस्कृती र पर्याबरणको क्षेत्रमा काम गर्नु भएका देव नारायण मण्डललाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमा गैडाकोटको विजय सामुदायीक शिक्षा सदनमा रहेको टुरिजम क्लबलाई वेस्ट टुरिजम क्लब र गठ्ठाघरको ग्लोबल पाठसाला स्कुलमा रहेको टुरिजम क्लबलाई एक्टीभ टुरिजम क्लब अवार्डबाट सम्मान गरिएको थियो । टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटले गत वर्ष टुरिजम बोर्ड, युएनडीपी र यसको प्रोजेक्ट एसटिएलआरपीको सहयोगमा देशभरमा १८ वटा टुरिजम क्लब गठन गरेको थियो भने यो वर्ष १०० वटा नेशनल सस्टेनेवल टुरिजम क्लबको गठन गरिरहेको छ । उत्कृष्ठ क्लब घोषणा पछि विजय सामुदायीक शिक्षा सदनकी प्राचार्य रेखा श्रेष्ठले क्लबले वर्षभरिमा गरेका कृयाकलापको जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा जिटिटिपी ट्राभल फोटो कन्टेस्टका बिजयी पोखरा बालोदय स्कुलकी मेनुका विके र काठमाण्डौ नेपाल एफिएफ स्कुलकी मोविज्ञा घले १०० डलर नगद पुरस्कार प्रदान गरिएको थियो भने जिटिटिपीको करिकुलम पासपोर्ट टु वल्र्ड गर्ने लिभरपुल कलेजका ४८ जना विद्यार्थिहरुलाई जीटीटीपी नेपालका कन्ट्री डिरेक्टर मदन बरालद्धारा सर्टिफिकेट हस्तानतरण गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रलयका सचिव केदार बहादुर अधिकारीले समृद्धीको आधार पर्यटन हुन सक्ने विषयलाई थप स्पस्ट पार्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा जिटिटिपीका सातै प्रदेशका १९ वटा सदस्य विद्यालयहरुबाट छानिएर फाइनलमा पुगेका ४ वटा विद्यालयहरु क्रमस पोखराको बालोदय, उपत्यकाको एपिएफ तथा विद्या सागर र मधेस प्रदेशको सनसाइन माविले टुरिजम थिममा पिपिटी र साँस्कृतीक नृत्य प्रस्तुत गरेका थिए । पिपिटीमा बालोदय स्कुल र विद्यासागर क्रमस प्रथम र दितिय भएका थिए भने साँस्कृतिक प्रस्तुतिमा बालोदय र सनसाइनले क्रमस प्रथम र दितिय थिए । सांस्कृतिक नृत्यमा विजेता बनेका दुवै विद्यालयले क्रमश रु १५००० र रु १०००० नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्राप्त गरेक थिए ।
यसैगरी कार्यक्रममा न्याथम कलेजले हस्पीटालिटी करियर ¥याम्प शो गरेको थियो भने नर्थन लाइट एकेडेमी एभिएसन शो गरेको थियो । कार्यक्रममा टुरिजम रिर्सचका अध्यक्ष मदन कुमार बराल र टुरिजम बोर्डका निर्देशक मणिराम लामिछानेले पर्यटन सचेतना, पर्यटनको महत्व र पर्यटन क्लबका विषयमा चर्चा गरेका थिए ।
जिटिटिपी नेपालको नेशनल कन्फरेन्स सम्पन्न
