विराटनगरको शुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मुना मदनको मञ्चन सुरु भएको छ ।

विराट आदर्श साहित्य मञ्चले ४ असोजबाट मञ्चन सुरु गरेको हो । हरेक दिन तीन वटा शो मञ्चन भइरहेको निर्देशक कटवाल दीपकले जानकारी दिए ।

नाटकका मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले अभिनय गरेका छन् । यसअघि यो नाटक काठमाडौ, पोखरा र विराटचोकमा मञ्चन भइसकेको थियो ।

दर्शकले नाटक मन पराएपछि विराटनगरमा पून मञ्चन सुरु गरिएको निर्देशक कटवाल दीपकले बताए । नाटक १६ असोजसम्म मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया