बैंकिङ च्यानलबाट विप्रेषण आउने क्रम बढ्यो : ८७ खर्ब ४७ अर्ब विप्रेषण भित्रिँदा श्रम स्वीकृति लिनेको संख्या २ लाख ५ हजार

बैंकिङ च्यानलबाट विप्रेषण आउने क्रम बढ्यो : ८७ खर्ब ४७ अर्ब विप्रेषण भित्रिँदा श्रम स्वीकृति लिनेको संख्या २ लाख ५ हजार
काठमाडौं, ९ मंसिर । वैदेशिक रोजगारीबाट बैंकिङ च्यानलबाट प्राप्त हुने रकम (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । हालसम्म ८७ खर्ब ४७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएकोमा पछिल्ला समयमा भएको विप्रेषण वृद्धिदर कायमै रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेसँगै मुलुकमा ८७ खर्...

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान
काठमाडौं, ९ मंसिर  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।  रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोन...

आजदेखि ‘भ्वाइस अफ नेपाल’मा लाइभ शो, कुन कोचको टिमबाट कसले प्रतिस्पर्धा गर्नेछन् ?

आजदेखि ‘भ्वाइस अफ नेपाल’मा लाइभ शो, कुन कोचको टिमबाट कसले प्रतिस्पर्धा गर्नेछन् ?
काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि लाइभ शो सुरु हुँदैछ । यो चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् । लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ । ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ । लाइभ शोमा कोच प्रमोद खरेल समूहबाट योगेश मगर, आशिष म...

रामकृष्ण ढकाल र रानी शाक्यले ल्याए ‘चाहदिनँ हाँस्न म’ (भिडिओ)

रामकृष्ण ढकाल र रानी शाक्यले ल्याए ‘चाहदिनँ हाँस्न म’ (भिडिओ)
गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। गायिका शाक्यको आफ्नै युट्युब च्यानलबाट शुक्रबार ‘चाहदिनँ हाँस्न म’ बोलको गीत सार्वजनिक गरिएको हो। यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ। जातका कार प्रेममा आउने अवरोधलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ। गीतको भिडिओमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परी शाक्यको अभिनय छ। गीतको भिडिओलाई ...

गायिका विन्दु गौत्तमको स्वरमा ‘घाँस दाउराको भारी’ सार्वजनिक

गायिका विन्दु गौत्तमको स्वरमा ‘घाँस दाउराको भारी’ सार्वजनिक
काठमाण्डौं गायक देब विश्वकर्मा र गायक विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमीका विचको मनको भावलाई गीतमा समेटिएको छ । देब विश्वकर्माको शव्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । विजय गौडेलको छायाँकन , निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा सञ्जय पौडेल , सु...

वि स २०७९ साल मंसिर ९ गते शुक्रबारको राशिफल

वि स २०७९ साल मंसिर ९ गते शुक्रबारको राशिफल
मेष–व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ वृष–रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट...

भारी मतान्तरसहित एमाले अध्यक्ष ओली विजयी

भारी मतान्तरसहित एमाले अध्यक्ष ओली विजयी
काठमाडौं । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याउनुभएको छ । कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी हुनु...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी
काठमाडौं, ७ मंसिर सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ । खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् । खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त...

वि स २०७९ साल मंसिर ८ गते विहीबारको राशिफल

वि स २०७९ साल मंसिर ८ गते विहीबारको राशिफल
मेष–बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । वृष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन...

ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट

ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट
काठमाडौं, ७ मंसिर फिल्म ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ । ओएसआर डिजिटल र फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरिबीच कागजी सम्झौता भएको छ ।  ओएसआरका सन्चालक ओमप्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा हेमराज बिसीको निर्देशन छ । आगामी फागुन १९ गतेबाट ...