मानवअधिकार संरक्षण गर्न निर्देशन
प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन् ।
प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन...