टयाक्सी चालकका रुपमा चर्चामा रहेका कर्णराज भ्वाइसबाट आउट
रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी आउट भएका छन् । शुक्रबार राति भएको भएको अन्तिम १० को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।
उनी ट्याक्सी चालकका रुपमा परिचित रहेका थिए । केहिवर्ष देखि राजधानीमा ट्याक्सी चलाउने काम गर्ने गर्दै आएका वर्षराजले केहि दिन अघि आमा गुमाएका थिए । आमाको निधन भएपनि उनी प्रतिस्...














