कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरितारा चलचित्र पुरस्कार
काठमाडौं - बरिष्ट अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कारका २०७५’ प्रदान गरिने भएको छ । संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार यी दुबै चलचित्रकर्मीलाई दिने निर्णय गरेको हो ।
सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने ...














