शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, यसरी गर्दा हुनेछ फलिफाप
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व भोलि शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँ घर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला,...