के दशैंमा ‘छक्का पन्जा’को सिरिज मिस गर्नुहुन्छ ?
विगत ५ बर्षदेखि कलाकार दिपकराज गिरी र उनको टिमले घरमै बसेर परिवारसँग कुनै दबाबविना दशैं मनाउन पाएको थिएन । तर, यसपटक भने दिपक र उनको टिमले पूर्ण समय परिवारलाई दिन पाएका छन् । विगत ५ बर्षदेखि दिपक र उनको टिमले बनाएको चलचित्र दशैं र यसको सेरोफेरोमै रिलिज भयो ।
दशैंको समयमा प्रचार, हल मिलाउने राजनीति, चलचित्रको काम, चलचित्र रिलिजपछि हरेक दिन हलको दौडधुप । यसरी नै वित्यो ५ बर्षको समय । तर, यसबर्ष द...