जुठे तँ जुठे दमै हैनस्
✍️माधव खतिवडा
कति बन्छस् डुकु
कति कुद्छस्
बिष्ट हुन् ठान्दै आँगन आँगन
कति सहन्छस् दलन्
कति कहर प्रताडन्
बाबु आईज
अब केहि गरौँ
मेरो गल्तिले मेरो घरको
सिकुवा उदिन्निएकोछ
पाली भत्किएकोछ
दैलो भासिएकोछ।
आ,...
खर काटौँ छानो टालौँ
धुरी बलो फेरौँ
पुरानियो मक्कियो घरको धुरी बलो
हावा झरिले ,घामपानिले ....
मक्कियो मुल थाम
आईज जुठे
हामी
आफ्नै बाउ छोरा पहिला मिलौँ ...
...














