खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार भण्डारी सम्मानित
विराटनगर ÷ विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध...














