‘द भ्वाइस अफ नेपाल’ का सिडी विजय र सुशिलबीच पुरस्कारलाई लिएर आरोप प्रत्यारोप
काठमाडौं - नेपालकै चर्चित रियालिटी शो हो द भ्वाइस अफ नेपाल । द भ्वाइस अफ नेपाल सिजन १ का विजेता सिडी विजय अधिकारीले लामो समय बितिसक्दा पनि आफुले पाउनु पर्ने उपहार पाइनसकेको गुनासो पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डेढ वर्ष बितिसक्दा पनि आफुले बाचा गरेअनुसारको उपहार नपाएको बताएका हुन् । उनले यस्तो अवस्थामा के गर्दा हुन्छ भन्दै सल्लाह सुझाव दिन पनि प्रशंसकलाई आग्रह गरेका छन...