काठमाडौं । शुक्रवारबाट रिलिजमा आएको फिल्म जय शम्भुले शुरुवाटी शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको फिल्मले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिनदी फिल्मले पनि साचे अनुसारको व्यापार नगरेपछि राजधानीका सबै हलले फिल्म जय शमभुलाई ठूलो पर्दा दिईएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरुले जय शमभुलाई शनिवार विहान देखी ठूलो पर्दा दिईएको छ । यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले दावी गरेका छन् । मोफसलका वितरक एफडि कमपनिले अझै हलहरु थपिरहेको बताएका छन् । फिल्मलाई सिंगल थिएटरमा शतप्रतिशत राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौंमा २१ वटा हलमा लागेको जय शम्भुले शनिावार बाट काठमाडौं बाहिर ६ दर्जन हल पाएको छ । फिल्ममा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही भएका कारण पनि फिल्म नेपाली दर्शकहरुका आशावादी रहेको छ । यस्तै फिल्ममा बर्षा शिवाकोटीको पनि अभिनय रहेको छ । जसले एक्शनसँगै रोमान्टिक लभस्टोरी पनि समावेश गरेको छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित
काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग क...
दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्...
सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र...
ग्रामीण चलचित्र महोत्सवमा दयाहाङ र दयाहाङ उत्कृष्ट
काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ । यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप...
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट...
फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माणको घोषणा
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा...