‘हाम्रो माया जिन्दावाद’ गीतको सफलता पछि उक्त टिमले ”अमिलो निबुवा” बोलको गीतको भिडियो बजारमा ल्याउने भएको छ । युवापुस्तालाई लक्षित गरि बनाईएको डान्सिङ गीतमा दिपक सिलवालको शब्द,संगीत तथा निखिता थापा र जीवन रसाइलीको स्वर सुन्न सकिनेछ । टिकटकबाट चर्चा कमाई ‘हाम्रो माया जिन्दावाद’ गीत मार्फत म्युजिक भिडियोमा समेत आफ्नो उत्कृट अभिनय र डान्सका साथ चर्चा कमाउन सफल ट्वीनी गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडालाई पुनः यस भिडियोमा देख्न पाईने भएको छ । साथै ‘हाम्रो माया जिन्दावाद’ गीतमा अतिथिको भुमिकामा मात्र देखिएका अर्का ट्नीनी गर्लस् दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ यस भिडियोमा भने प्रिज्मा प्रिन्सीसँगै मुख्य डान्सरकै रुपमा देखिँदै छन् । यि दुई ट्वीनी जोडीका साथमा नयाँ नयाँ न्युज नेपलका चर्चित भिजे तथा कलाकार शिशिर भण्डारी र मोडल तथा डान्सर मिलन शंकरले ठुम्का मार्दैछन् । जीवन रसाइलीको निर्देशन रहेको ”अमिलो निबुवा” भिडियो चाँडै रिलिज हुने बताईएको छ ।भिडियो मेलवर्नमा रहेको आर जी आई टी अष्ट्रेलिया इन्टरनेशनल कलेजको मुख्य प्रायोजन र मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसको सहप्रायोजनमा बनेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर ...
माया प्रेम र वियोगले भरिएको जीवनको रेल लिएर आए गायक सिडी बिजय
काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाल...
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौंं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक स...
राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै ...
केशबराज भट्ट निर्देशित निताको ‘अदभूत माया’मा रिलिज (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा ...
सुनिल गिरीको नयाँ गीत सार्बजनिक
काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक...