काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ आजबाट रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा एक साथ रिलिज भएको हो ।

सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा ठूलो संख्यामा ‘शो’ पाएको छ ।

दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै’ले राजनीतिक विषय उठान गरेको दीपकराज गिरीले जानकारी दिए ।

दसैं अगाडि नै रिलिज गर्ने निर्माण पक्षको तयारी रहेपनि हिन्दी चलचित्र ‘वार’ आएपछि ‘छ माया छपक्कै’ पछि हटेको थियो ।

तपाईको प्रतिक्रिया