बाल कलाकार हुदै आफुलाई नायक बनाइसकेका सलोन बस्नेतको व्यस्तता निकै लोकप्रिय रहेको छ।आफ्नो अहिलेसम्मको जीवन चलचित्र क्षेत्रमा नै व्यतित गरेका सलोन मुख्य भूमिकामा रहेको चलचित्र ‘लक्का जवान’ रिलिजको तयारीमा रहेको छ। यहि बिचमा उनि चलचित्र ‘ए मेरो हजुर ४’ मा अनुबन्धित भएका छन्। झरना थापाको निर्देशनमा तयार हुने चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भुमिकामा रहने यसअगाडी नै पक्का भैसकेको छ। सह-अभिनेताको रुपमा पुरा चलचित्र नै दौडाउन सक्ने क्षमता राख्ने सलोन र अनमोलको सहकार्य पनि चलचित्रमा गज्जबको देखिने गर्छ। सलोन झरनाको टिमसंग ‘ए मेरो हजुर २’ बाट लगातार सहकार्य गरिरहेका छन्।
झरनाको टिमसंग सलोनको ह्याट्रिक, जोडिए ‘ए मेरो हजुर ४’ मा










