मुम्बइ। बलिउड कलाकार अभ‍िषेक बच्चनले हालै ट्वीटमार्फत आफ्ना फ्यानहरुलाई एक सरप्राइज दिने घोषणा गरे । उनको यो ट्वीटपछि मानिसहरु अनुमान गरिरहेका छन कि कतै उनी दोस्रो सन्तानको पिता त बन्ने क्रममा छैनन?

फ्यानहरुले ऐश्वर्या राय दोस्रोपटक आमा बन्ने विषयमा प्रश्न गरेका छन् । तर अभ‍िषेकले आफ्नो सरप्राइजलाई अहिलेसम्म सरप्राइजमा नै राखेका छन् । उनीहरुले केही फ्यानहरुको म्यासेजमा थम्सअप इमोजी पनि दिएका छन् । एक फ्यानले सोधेका छन् ‘दोस्रो सन्तान?’ अर्काले भनेका छन् ‘एक अर्को जूनियर बच्चन?’

तपाईको प्रतिक्रिया