एक्सनमा रुचाइएका अभिनेता सविन श्रेष्ठको नयाँ फिल्म ‘ताकतवर’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा अभिनेता सविनलाई एक्सन अवतारमा देख्न सकिन्छ । सविन र अभिनेत्री महिमा सिलवासको प्रेममा आउने उचारचढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
गजेन्द्र रञ्जितको लेखन तथा निर्देशन रहेको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । निर्देशक रञ्जितले फिल्मका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भैरहेको बताए । चैत दोस्रो साताभित्र दर्शकले फिल्म हेर्न पाउने उनको भनाई छ । निर्मात्री आरती शाहीले प्रेममा उत्पन्न हुने द्वन्द्वमा फिल्म निर्माण भएको बताइन् । रामेश्वर हुमागाईंले फिल्म खिचेका हुन् ।
‘ताकतवर’ मा सविन र महिमाका अलावा स्वर्गीय रामकेशर बोगटी, ध्रुव कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । मित्र डि.गुरुङको सम्पादन रहेको फिल्मको सह निर्मातामा सुनिल विष्ट, बद्री फुयाँल र नारायण कृष्ण महर्जन रहेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, सुनिल श्रेष्ठको कथा र चन्द्र पन्तको द्वन्द्व छ ।
ट्रेलर हेर्नुहोस् :-










