काठमाडौं – नेपाली लोकदोहोरी क्षेत्रका चर्चित मोडल तथा गायक दुर्गेश थापाको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ३२ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । सामाजिक सञ्जालभरी उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।
हालसम्म धेरै म्युजिक भिडियोमा अभिनय र गीत समेत गाएका उनी नेपालकै चर्चित कलाकारमा गनिन्छन् । केहि समयअघि उनको गीत ह्याप्पी तिहारले निकै चर्चा पाएको थियो । ह्याप्पी तियार गीत विवादमा परेपछि उनले शब्द परिवर्तन गरि फेरि युट्युबमा राखेका थिए ।




































