काठमाण्डौ । लोक दोहोरी गायिका सुनिता गुरुङ र अमृता तामाङ्गले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा हालै “नहेर भो ऐना” बोलको गीतलाई सार्वजनिक गरेका छन् । टेली सिरियलबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी सुनिताले यस भन्दा पहिले पनि केहि गीतहरुमा काम गरिसकेकी छिन् । अर्की गायिका अमृताको भने यो पहिलो सांगीतिक प्रस्तुति हो । उनले अशंख्य श्रोता तथा दर्शकहरुको माया प्राप्त भएमा आगामी दिनमा थप उत्कृष्ट गीत ल्याउने बाचा गरेकी छिन् ।
गुरुङको स्थायी घर लमजुङ्ग हो भने तामाङ्गको सिन्धुपाल्चोक रहेको छ । उनिहरु द्वयको सहकार्यमा तयार भएको यस गीतलाई लय दिनेश श्रेष्ठले भरेका हुन् भने शब्द नबिन श्रेष्ठको रहेको छ । गीतमा दिनेश श्रेष्ठ, सुनिता गुरुङ्ग र अमृता तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको बस्यो मायाको चौतर्फी चर्चा सेलाउन नपाउदै, उनको संलग्नतामा यो पाछिल्लो प्रस्तुति हो ।
नारायण दंगालको संगीत संयोजनमा तयार भएको यस गीत लगायत थुप्रै गीत संगीतहरुमा आफुलाई सहयोग उपलब्ध गराउदै एक अविभावकको भूमिका निर्वाह गर्नुहुने अर्का सर्जक नबिन श्रेष्ठलाई गायिका गुरुङले खुलेर प्रसंसा गरेकी छिन् ।
“नहेर भो ऐना” बोलको गीतको म्युजिक भिडियोमा जुना कार्की, अमन राना मगर र सिर्जना तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई नबिन श्रेष्ठले गरेका हुन् भने कोरिग्राफी दिलिप राई, छायांकन रोंइश तामाङ्ग र सम्पादन चेतन समतले गरेका छन् । गीतको भिडियोलाई एस.के.डी म्युजिक युट्युब च्यानल मार्फत सार्वाजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










