बलिउडकी चर्चित नायिका काजोल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्नो फिल्मको प्रोमोसनदेखि लिएर परिवारका सदस्य र साथीहरूसँग बिताएका सम्झना प्रायः सामाजिक सञ्जालमा सेयर गर्छिन् ।

इन्स्टाग्राममा सक्रिय काजोल छोरी न्यासाका कारण चर्चामा आएकी छन् । उनले हालै छोरीसँग इन्स्टाग्राममा दुई वटा तस्बिर सेयर गरेकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् । सो तस्बिरमा छोरी न्यासा दुरुस्तै काजोल जस्तै देखिएकी छन् ।

‘धेरै दिनपछि मेरी छोरीसँग मुम्बई रोडमा,’ तस्बिर सेयर गर्दै काजोलले उल्लेख गरेकी छन् । यी तस्बिरले हालसम्म चार लाख बढी भ्युज पाएको छ । उनका प्रशंसकहरूले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन् । उनीहरूले आमा–छोरीको निकै तारिफ गरेका छन् ।

काजोलले अजय देवगनसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन् । सन् २००६ को अप्रिलमा जन्मेकी छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा जन्मेका छोरा युग गरी तिनका दुई सन्तान रहेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया