काठमाडौं – अभिनेता अभिनेता वरुण धवनको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ अहिले हलहरुमा प्रदर्शन भइरहेकाने छ । यस फिल्म अहिले दुई सातामा चलिरहेको छ । दर्शकले यस फिल्मलाई मनपराएपनि कमाइ भने ठिकैको गरेको छ ।

यस फिल्मले दोस्रो साताको शुक्रबार २ करोड, शनिबार ३ करोड ४० लाख, आइतबार ३ करोड ९१ लाख, सोमबार १ करोड ५३ लाख र मंगलबार १ करोड ३५ लाखको कमाई गरेको छ । फिल्मको हालसम्मको कमाई कुल ६८ करोड ९६ लाख पुगेको छ ।

बरुण र अभिनेत्री श्रद्धा कपुरको मूख्य भुमिका रहेको यस फिल्मलाई मो डिसुजाले निर्देशन गरेका हुन् । फिल्ममा वरुण र श्रद्धासँगै प्रभु देवा, अपार शक्ति खुराना, नोरा फतेही, शक्ति मोहन, राघव जुयल, पुनित पाठकलगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया