महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २४ गते शुक्रबार लोकप्रिय गायक प्रमोद खरेल, गायिका बबिता बानिया जेरी, गायक चिरन्जिबी भण्डारी, प्रभात लामा, बिनोद ढकाल, गायिका एन्जिला क्षेत्रि र गायक रमेश श्रेष्ठ मेलोडी लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २५ गते सम्म हुँदैछ ।
बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्द हुने स्थानिय बासिन्दाको भनाइ छ l त्यस क्षेत्रमा रहने स्थानियबासिहरुलाई सर्ब सुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उदेश्यले सुरु गरिन लागेको मेलाले समग्र बर्दिबासबासिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीको मुख्य आयोजना तथा नेपालका विभिन्न जिल्लाहरुमा औंधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औंधोगिक शान्ति नेपाल सस्थाको सहकार्य र बर्दिवास नगरपालिकाको संरक्षणमा “बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब २०७६ माघ १६ गते देखि २५ गते सम्म आयोजना भएको हो । बर्दिबास आफैमा एक व्यापारिक धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीका अध्यक्ष शान्तराज मोक्तानले बताए ।
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी औंधोगिक शान्ति नेपाल सस्थाको अध्यक्ष सन्दिप महतले गराएका छन ।
२ न. प्रदेश स्तरिय बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब २०७६ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी अध्यक्ष महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सांस्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् ।
औधोगिक शान्ति नेपाल संस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ , कोषाधक्ष्यमा प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापकमा बिनोद जैसवाल रहेको छन भने कलाकार संयोजकमा धावा लामा रहेका छन् ।