काठमाडौँ : राज सिने आर्ट्सको प्रस्तुतिमा १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइनडे शुक्रबारको दिन लाजिम्पाटमा रहेको नेपाली चुलोमा भ्यालेन्टाइन भाइब विथ क्रस-रोड्स एण्ड मेनी मोर पप लेजेण्ड्स विथ रनवे-२०२० लाइभ कन्सर्ट हुने भएको छ । प्रिज्मा ब्याण्ड विथ देब रानाको समेत बिसेष प्रस्तुति रहने कन्सर्टमा नेपाली पप संगीतको लोकप्रिय ब्याण्ड संजय श्रेष्ठ विथ क्रस रोड्स व्याण्ड, लोकप्रिय पप गायक हरिश माथेमा, भिम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, सचिन रौनियार र कविन्द्र श्रेष्ठको लाईभ कर्न्सर्ट प्रस्तुति हुने कुरा कार्यक्रम आयोजक राजेश महर्जनले बताए ।
१४ फेब्रुअरी अर्थात प्रेम दिवस शुक्रबारको दिन बेलुका ५ बजे देखि सुरु हुने लाइभ कन्सर्टको सम्पूर्ण ईभेण्ट ब्यबस्थापन पंकज सिंहले गर्ने भएका छन् भने उक्त दिनमा पप संगीत क्षेत्रका लेजन्ड्सहरुको साथमा प्रेम दिवस मनाउन तथा संगीतमा झुम्दै प्रेममय बाताबरण बनाउन सम्पूर्ण संगीतप्रेमीहरुलाई पंकज सिंहले आव्हान समेत गरेका छन् ।
भ्रमण बर्ष-२०२० को समेत प्रबर्धन गर्नको लागि सांगीतिक क्षेत्रका चर्चित गायकहरु तथा ब्याण्डको साथमा उक्त लाइभ कन्सर्ट भब्य रुपमा गर्न लागिएको तथा रनवे-२०२० लाइ समेत समेटिएको आयोजक महर्जन बताउछन ।