गायक प्रमोद खरेलको आवाजमा रहेको ‘धरोधर्म बिद्यानास’ बोलको गीत सार्वजनिक भएको छ। कृष्ण केसीको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा प्रमोदलाई लक्ष्मी मल्लले आवाजमा साथ दिएकी छिन्। शिव विकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा पल शाह र बेनिशा हमला फिचर्ड रहेका छन्। भिडियोमा उत्सव दाहालको छायाकन रहेको छ।
प्रमोदको लोकदोहोरी गीतमा पल र बेनिशा (भिडियोसहित)
