भ्यालेन्टाईन डे को अवसर पारेर यहि शुक्रबार बाट नया चलचित्र ‘लभ डायरिज’ रिलिजको तयारीमा रहेको छ। सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल प्रमुख भूमिकामा रहेका छन्। रुविना र विश्वजितको यो डेव्यु चलचित्र हो। दुई बर्ष अगाडी नै निर्माण भएको चलचित्रमा हिरोको रुपमा निर्देशकको पहिलो रोजाईमा प्रदिप खड्का रहेका थिए। तर निर्देशक चौधरीले प्रदिपलाई प्रत्यक्ष भेट नै गर्न पाएनन्। निर्देशक चौधरीले जो मार्फत प्रदिप सम्म अफर पुर्याएका थिए, उनले नै प्रदिपलाई भड्काईदिए। फ्लप कलाकारले निर्देशन गर्न लागेको चलचित्र भनेर प्रदिप भड्किएको निर्देशक दावी गर्दछन्।
त्यस्तै यहि चलचित्रबाट डेव्यु गर्न लागेकी अभिनेत्री रुविना थापालाई अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को अफर थियो। तर सो अफर पनि रुविना समक्ष सिधै पुगेन। क्याप्टेन निर्देशक दिवाकर भट्टराईले निर्देशक चौधरीलाई सो अफर राखे। तर सौरभले यो कुरा रुविना सम्म नै पुर्याएनन्। रुविना लभ डायरीज नै आफ्नो डेव्यु चलचित्र होस् भन्ने चाहना भएका कारणले आफुले कुरा नराखेको चौधरीको तर्क रहेको छ।
ad
ad







































































